काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य घटेको छ । आज छापावाल सुनको मूल्य ७०० रुपैयाँ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुनको मूल्य १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यसैबीच चाँदीको मूल्य पनि सामान्य घटेको छ । बुधबार चाँदीको मूल्य तोलामा २ हजार १३५ रुपैयाँ कायम भएकोमा बिहीबार भने घटेर तोलामा २ हजार ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया