Logo

अर्थ

गरिमा विकास बैंकको तीन महिनामा २२ करोड ५७ लाख नाफा



काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिमा भन्दा १२ प्रतिशत बढी हो । गत वर्ष गरिमाले २० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको असोजसम्ममा खुद ब्याज आम्दानी ११.०८ प्रतिशत र सञ्चालन नाफा १२.०१ प्रतिशतले बढेको छ ।

यसको इम्पेयरमेन्ट चार्ज भने ३५ करोडबाट बढेर ३७ करोड रुपैयाँ पुगेको छ । यसको खराब कर्जा बढेर ३.८२ प्रतिशत भएको छ । गत वर्ष खराब कर्जा २.६८ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ७१ पैसाले बढेर १५ रुपैयाँ ९० पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६२.०७ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १२:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।