काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले माल्दिभ्सविरुद्ध १३-० को जित निकालेको छ । यस जितसँगै भुटान लगातार दोस्रो संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ ।
पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि थियो । भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र डेकी याङदोनले २-२ तथा नाम्ग्याल डेमा, डेकी याङदोन, छिरिङ ल्हादेन र सोनाम छोदेनले १-१ गोल गरे ।
भुटानसँगको हारसँगै माल्दिभ्स भने जितविहीन प्रतियोगिताबाट बाहिरिएको छ ।
सेमिफाइनलमा स्थान पक्का गरेको भुटानले अब भारत वा बंगलादेशमध्ये एक टिमसँग खेल्ने छ । नेपाल र श्रीलंकाबीचको खेलपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा हुने छ ।
नेपालले आजै दशरथ रंगशालामा श्रीलंकाविरुद्ध खेल्दै छ । समूह चरणको अन्तिम खेलको रूपमा रहेको प्रतिस्पर्धा अपराह्न ५ः३० बजेदेखि सुरु हुने छ ।




















प्रतिक्रिया