Logo

खेलकुद

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा, श्रीलंकामाथि ६–० को जित



काठमाडौँ । नेपाल सातौँ संस्करणको महिला साफ च्याम्पियनशिपमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकामाथि ६–० को जित हासिल गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालका लागि रेखा पौडेलले २ तथा सविता रानामगर, सावित्रा भण्डारी साम्बा, अमिषा कार्की र रश्मि घिसिङले १–१ गोल गरे । सविता प्लेयर अफ द म्याच भएकी छिन् ।

यो खेलपछि नेपाल र भुटानको समान ७–७ अंक भए पनि गोल अन्तरमा नेपाल अगाडि भएसँगै नेपाल समूह विजेता तथा भुटान समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालको गोल अन्तर १७ रह्यो भने भुटानको १६ रह्यो । सेमिफाइनलमा नेपालको भिडन्त भारतसँग हुनेछ भने भुटानले बंगलादेशसँग खेल्नेछ ।

नेपालले यसअघि माल्दिभ्सलाई ११–० ले हराएको थियो भने भुटानसँग पहिलो पटक गोलरहित बराबरीमा रोकिएको थियो ।

नेपाल अहिलेसम्मका सबै संस्करणमा सेमिफाइनलमा पुगेको छ । नेपाल पाँच पटक फाइनलमा पुगेर उपविजेता भएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार २१:२३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।