Logo

अर्थ

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य यस दिनका लागि पनि अघिल्लो दिनकै तय गरेको छ ।

आज सुनकाे मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य भने घटेको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँले चाँदी घटेको छ । अघिल्लो दिन तोलामा २०९५ रुपैयाँ रहेको चाँदी यस दिन २०७० मा झरेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार ११:१७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।