काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य यस दिनका लागि पनि अघिल्लो दिनकै तय गरेको छ ।
आज सुनकाे मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य भने घटेको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँले चाँदी घटेको छ । अघिल्लो दिन तोलामा २०९५ रुपैयाँ रहेको चाँदी यस दिन २०७० मा झरेको छ ।




















प्रतिक्रिया