Logo

अर्थ

क्षमताभन्दा बढी भएको मेलम्चीको सात करोड लिटर पानी बागमतीमा पठाइँदै



काठमाडाैं । मेलम्ची नदीबाट काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आएकोमध्ये प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ । अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौं आइरहेको छ ।

तर, करिब १८ करोड लिटर पानी मात्रै प्रशोधन गरी वितरण गर्ने गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी बागमती नदीमा पठाइएका कारण बागमती नदीको बहाव पनि बढ्दै गइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार ११:३२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।