काठमाडौं । साताको पहिलो दिन सेयर बजार ९.१९ अंकले घटेको छ । आज नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ को विन्दुमा कायम भएको छ ।
आज ४ अर्ब ७३ करोड २४ लाखमाथिको सेयर कारोबार भएको छ । आज ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै आइसीएफसीको सेयर कारोबार भएको छ । यस कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको २१ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडिसीको १८ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एलआइसी नेपाल, रिभर फल्स पावर र माइखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.७९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया