Logo

अर्थ

कीर्तिपुरको दर्शन सहकारी समस्याग्रस्त घोषणा



हेटौँडा । बागमती प्रदेश सरकारले कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले आज आइतबार दर्शन सहकारीलाई प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

सहकारी रजिस्ट्रारको कार्यालयका कानुन अधिकृत मनोज कुमार गुप्ताका अनुसार सो सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको गुनासो र निरन्तरको छलफल पश्चात् पनि बचतकर्तासँगको सहमतिहरू कार्यान्वयन नभएकाले समस्याग्रस्त सहकारी घोषणा गरिएको हो ।

बागमती प्रदेशको सहकारी महाशाखाकाअनुसार दर्शन सहकारीले २०० जना भन्दा बढी बचतकर्ताको रकम अपचलनको आशंका गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आईतवार १६:०७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।