हेटौँडा । बागमती प्रदेश सरकारले कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।
बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले आज आइतबार दर्शन सहकारीलाई प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
सहकारी रजिस्ट्रारको कार्यालयका कानुन अधिकृत मनोज कुमार गुप्ताका अनुसार सो सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको गुनासो र निरन्तरको छलफल पश्चात् पनि बचतकर्तासँगको सहमतिहरू कार्यान्वयन नभएकाले समस्याग्रस्त सहकारी घोषणा गरिएको हो ।
बागमती प्रदेशको सहकारी महाशाखाकाअनुसार दर्शन सहकारीले २०० जना भन्दा बढी बचतकर्ताको रकम अपचलनको आशंका गरेको छ ।




















प्रतिक्रिया