Logo

खेलकुद

भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा



काठमाडौं । बंगलादेशले भुटानलाई हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशले भुटानविरुद्ध ७–१ को सहज जित निकालेको हो ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गर्दा कप्तान सविना खातुनले दुई गोल थपिन् । रितु पोर्ना चक्मा र सिउलियाजमले एक/एक गोल गरे ।

भुटानकी देकी ल्हाजोमले एक गोल फर्काइन् । जारी संस्करणमा ल्हाजोमको यो आठौँ गोल हो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल पनि आजै साँझ ६ः३० बजेदेखि दशरथ रंगशालामा हुने तालिका छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आईतवार १६:४९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।