Logo

अर्थ

काठमाडौंबाट दिल्ली उड्न लागेको विमानमा बम भएको हल्ला, विमान जाँच गरिँदै



काठमाडौं । काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ ।

सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि चेकजाँच थालिएको नेपाल प्रहरीले जनाएकाे छ ।

सो विमानमा १६९ जना यात्रु दिल्ली उड्ने प्रतीक्षामा छन् । विमानमा चेकजाँच भइरहेपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु छ ।

यसरी बम राखेको भन्दै गलत सूचना राख्नुको कारण पत्ता लागेको छैन ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार १६:४२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।