Logo

अर्थ

ग्रामीण विकास लघुवित्तको खुद नाफा ८ करोड ७९ लाख



काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको नाफा ३० प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ८ करोड ७९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ६ करोड ७३ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासमा २५ करोड ६८ लाख रुपैयाँ रहेकोमा यो वर्षको पहिलो त्रैमासमा ३२ करोड २२ लाख रुपैयाँ छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८० पैसा छ ।

प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ छ । असोज मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा भने ३० करोड ऋणात्मक छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलवार १४:४७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।