काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको नाफा ३० प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ८ करोड ७९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ६ करोड ७३ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासमा २५ करोड ६८ लाख रुपैयाँ रहेकोमा यो वर्षको पहिलो त्रैमासमा ३२ करोड २२ लाख रुपैयाँ छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८० पैसा छ ।
प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ छ । असोज मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा भने ३० करोड ऋणात्मक छ ।




















प्रतिक्रिया