Logo

अर्थ

एक महिनापछि खुल्यो रसुवा नाका



काठमाडौं । असोजको दोस्रो साता गएको बाढी पहिरोले सडक बगाएपछि बन्द भएको रसुवा भन्सार नाका आजदेखि सञ्चालनमा आएको छ ।

नाका सुरु भएसँगै आजै २६ वटा मालवाहक ट्रक नेपाल भित्रिएका छन् । यी गाडीमा फलफूल, लत्ताकपडा, विद्युतीय सामग्री र जलविद्युत् आयोजनामा प्रयोग हुने सामग्री रहेको रसुवा भन्सार कार्यालयले जनाएकाे छ ।

रसुवा भन्सार कार्यालयका अनुसार नाका बन्द हुँदा दैनिक ८ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन प्रभावित भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलवार १५:०९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।