Logo

अर्थ

तिहार बिदामा आयल निगमका यी डिपोहरु खुल्ने



काठमाडौं । तिहार बिदामा नेपाल आयल निगमका डिपोहरु आलोपालो खुल्ने भएका छन् । तिहारको ५ दिनको बिदामा निगमका डिपोहरु खुल्ने व्यवस्था गरिएको हो ।

बिदाको यो अवधिमा बाग्मती प्रादेशिक कार्यालय थानकोट बिहीबार र शनिबार बाहेक अरु दिन खुल्नेछ । नेपालगञ्ज र दाङ डिपो शुक्रबार मात्रै खुल्नेछ ।

त्यस्तै, दिपायल र सुर्खेत डिपोहरु आवश्यकताअनुसार खुल्ने जनाइएको छ । बाँकी सबै डिपोहरु शुक्रबार र सोमबार खुल्नेगरी कार्यतालिका बनाइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार १५:४२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।