काठमाडौं । तिहार बिदामा नेपाल आयल निगमका डिपोहरु आलोपालो खुल्ने भएका छन् । तिहारको ५ दिनको बिदामा निगमका डिपोहरु खुल्ने व्यवस्था गरिएको हो ।
बिदाको यो अवधिमा बाग्मती प्रादेशिक कार्यालय थानकोट बिहीबार र शनिबार बाहेक अरु दिन खुल्नेछ । नेपालगञ्ज र दाङ डिपो शुक्रबार मात्रै खुल्नेछ ।
त्यस्तै, दिपायल र सुर्खेत डिपोहरु आवश्यकताअनुसार खुल्ने जनाइएको छ । बाँकी सबै डिपोहरु शुक्रबार र सोमबार खुल्नेगरी कार्यतालिका बनाइएको छ ।




















प्रतिक्रिया