Logo

अर्थ

युनिलिभर नेपालको लाभांश पारित



काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रस्ताव गरेको लाभांश ३१औँ वार्षिक साधारणसभाबाट पारित भएको छ ।

कम्पनीले सोमबार आयोजना गरेको सभाले सेयरधनीलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

गत वर्ष यो कम्पनीले एक हजार ५८० रुपैयाँका दरले लाभांश दिएको थियो ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले गएको असोज २८ देखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरेको थियो । असोज २७ गतेसम्म यो कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले मात्र लाभांश प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार १६:४९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।