काठमाडौं । सुनको मूल्य हालसम्मकै महँगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ ।
आज सुनकाे मूल्य ३ सयले बढेकाे हाे ।
बुधबार प्रतितोला १ लाख ७० हजार ७ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ७१ हजार निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २ हजार १ सय २० मा कारोबार भएको चाँदी आजका लागि २ हजार ९० निर्धारण भएको छ ।




















प्रतिक्रिया