Logo

अर्थ

सुनको मूल्य हालसम्मकै महँगो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सुनको मूल्य हालसम्मकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ ।

आज सुनकाे मूल्य ३ सयले बढेकाे हाे ।

बुधबार प्रतितोला १ लाख ७० हजार ७ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ७१ हजार निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा  ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २ हजार १ सय २० मा कारोबार भएको चाँदी आजका लागि २ हजार ९० निर्धारण भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार १२:३१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।