Logo

अर्थ

साफ महिला च्याम्पियनसिपको उपविजेता टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने



काठमाडौं । काठमाडौंमा सम्पन्न सातौँ साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीहरूलाई सरकारले जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

खेलकुद क्षेत्रमा सरकारको यो कदमले महिला फुटबल खेलाडीहरूलाई थप हौसला र प्रेरणा मिल्ने विश्वास गरिएको छ । यस निर्णयको घोषणा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका हुन् ।

प्रत्येक खेलाडीलाई तीन लाख रुपैयाँका दरले पुरस्कृत गरिनेछ भने, मुख्य प्रशिक्षकलाई दुई लाख रुपैयाँ उपलब्ध गराइने सचिव घिसिङले बताए । त्यसैगरी व्यवस्थापक, सहायक प्रशिक्षक, र चिकित्सकलाई एक लाख बीस हजार रुपैयाँका दरले सम्मान गरिने छ ।

सातौँ संस्करणको साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपालले आफ्नो उत्कृष्टता देखाए पनि कडा प्रतिस्पर्धामा बंगलादेशसँग पराजित हुन पुग्यो ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार १२:५३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।