Logo

खेलकुद

आईसीसी विश्वकप लिग–२ क्रिकेटमा आज नेपालले स्कटल्यान्डसँग खेल्दै



काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा आज नेपालले स्कटल्यान्डसँग खेल्ने भएको छ । खेल राति सवा १० बजे सुरु हुनेछ ।

अमेरिका भ्रमणमा रहेको नेपालको यो अन्तिम खेल हो ।

यसअघि भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो । अमेरिकाको डालसमा सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको थियो ।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमा अल आउट भएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार ०८:४९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।