Logo

अर्थ

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर मंसिर ११ देखि खुल्ने



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा मंसिर ११ देखि आवेदन खुल्ने भएको छ ।

१० सेयर बराबर ६.२५६ को दरमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्दैछ । विद्यमान कायम सेयरधनीले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ बराबर छ । कम्पनीले कुल ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा, एनएलजी इन्स्योरेन्सको तोकिएका शाखा तथा आफ्नो खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार १०:५३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।