काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा मंसिर ११ देखि आवेदन खुल्ने भएको छ ।
१० सेयर बराबर ६.२५६ को दरमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्दैछ । विद्यमान कायम सेयरधनीले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ बराबर छ । कम्पनीले कुल ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा, एनएलजी इन्स्योरेन्सको तोकिएका शाखा तथा आफ्नो खाता रहेको बैंकको शाखाबाट आवेदन दिन सकिनेछ ।




















प्रतिक्रिया