Logo

अर्थ

रिलायन्स स्पिनिङ मिल्स विरुद्धको रिट खारेज



काठमाडौं । बुक बिल्डिङमार्फत सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) जारी गर्न लाग्दा रिलायन्स स्पिनिङ मिल्सको विरुद्धमा उच्च अदालत पाटनमा परेको रिट खारेज भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीस कृष्णराम कोइराला र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बुधबार रिट खारेज गर्ने फैसाला गरेको हो ।

अदालतमा काठमाडौं–४ का हरिबहादुर केसी र नेपालगञ्ज–१३ का खुसलराम धितालले अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्स र रिलायन्स लाई विपक्षी बनाइ रिलायन्सले बुक बिल्डिङ विधिकै दुरुपयोग गरी ठगी गर्ने मनसाय राखेर आईपीओ निष्कासन गर्ने खोजेकाले रोक्न माग गर्दै गत असार २५ गते रिट दायर गरेको थियो ।

रिलायन्सलाई सेबोनले इतिहासकै महँगो आईपीओ जारी गर्ने अनुमति दिएको थियो । तर, रिलायन्सको वित्तीय विवरण सेबोनमा बुझाएको र कम्पनी आफैले सार्वजनिक गरेको फरक–फरक देखिएका कारण चौतर्फी विरोधपछि उच्च अदालत पाटनमा मुद्दा परेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार १४:४७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।