Logo

प्रमुख समाचार

जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा तत्काल डायलासीस मेसिन जडान गर्न मन्त्री पौडेलको निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासीस मेसिन’ जडान गरी मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । तनहुँको शुक्लागण्डकी नगरापालिका–५ बेलचौतरास्थित केन्द्रको आज निरीक्षण गर्दै उनले मेसिन खरीद गर्न मन्त्रालयले प्राथमिकता दिने जानकारी दिए ।

‘मेसिन जडान गरी मिर्गौलाको डायलासिस सेवा प्रवाह गर्नुहोस्, मेसिनका सबै प्रबन्ध मन्त्रालयले गर्नेछ,’– मन्त्री पौडेलले भने ।

छिमेकी जिल्लावासीले सेवा लिने अस्पतालमा यस सेवा अत्यावश्यक भएकाले तुरुन्तै सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । उपचार केन्द्रलाई तीन सय शैय्यामा विस्तार गर्न लागि आवश्यक पूर्वाधारको निम्ति पहल भइरहेको र अब छिट्टै टुङ्गो लाग्ने उनले जानकारी गराए ।

केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले डायलासिस सेवा प्रवाहका लागि स्थानको निर्माण भइरहेको बताए । ‘पूर्वाधार तयार भइरहेको छ, छिट्टै उपचार केन्द्रबाट डाइलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ, कर्मचारी छनौट गरी तालिममा पठाएका छौं, पूर्वाधारका साथै कर्मचारी समेत तयार गरिरहेका छौं,’– उनले भने ।

उपचार केन्द्रबाट छिट्टै डायलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ । यस अस्पतालमा डायलासिस सेवा प्रवाह हुन थालेपछि तनहुँका साथै कास्की, स्याङ्जा, नवलपुर, पाल्पा जिल्लावासी लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : कार्तिक २५, २०८१ आईतबार  ८ : ०० बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।