Logo

अर्थ

६२ अंकले बढ्याे सेयर बजार, पौने १० अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारले २७०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८ मा कायम भएको छ ।

आज २२८ कम्पनीको मूल्य बढेकाे छ भने १३ कम्पनीको घटेकाे छ  । त्यस्तै तीन कम्पनीको स्थिर रहेकाे छ ।

अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोमा आज ९ अर्ब ७७ करोडको काराेबार भएकाे छ ।

आज सबैभन्दा धेरै सानिमा जिआइसीको कारोबार भएको छ । यस कम्पनीको ३८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको ३४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था, सिर्जनशिल लघुवित्त वित्तीय संस्था र सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार १५:२०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।