काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारले २७०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८ मा कायम भएको छ ।
आज २२८ कम्पनीको मूल्य बढेकाे छ भने १३ कम्पनीको घटेकाे छ । त्यस्तै तीन कम्पनीको स्थिर रहेकाे छ ।
अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोमा आज ९ अर्ब ७७ करोडको काराेबार भएकाे छ ।
आज सबैभन्दा धेरै सानिमा जिआइसीको कारोबार भएको छ । यस कम्पनीको ३८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको ३४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था, सिर्जनशिल लघुवित्त वित्तीय संस्था र सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया