Logo

खेलकुद

आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोट : आज नेपाल र कुबेत भिड्दै



काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज मंगलबार नेपाल र कुबेत भिड्दैछन् ।

अजमानस्थित दि सेभेन स्टेडियममा हुने खेल स्थानिय समय अनुसार बिहान साढे ९ बजे सुरु हुनेछ । नेपालले कुवेतविरुद्वको पहिलो खेलमा १ सय ८ रनको फराकिलो जित निकालेको थियो । नेपाल आजको खेलमा पनि सोही नतिजा दोहोराउने योजनामा हुनेछ ।

पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको नेपालले दोस्रो खेलमा भने १ सय ६ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो ।

चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन् । डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू१९ विश्वकपमा स्थान बनाउनेछन् ।

एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ । यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रअरी २ सम्म मलेसियामा हुनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार ०९:५५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।