Logo

अर्थ

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार



काठमाडौं । विकास ऋणपत्र बोलकबोलमार्फत सरकारले १० अर्ब बराबर आन्तरिक ऋण उठाउने भएको छ ।

बुधबार विकास ऋणपत्र बोलकबोल मार्फत उक्त परिमाणमा आन्तरिक ऋण परिचालन गर्ने भएको हो ।

सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत ६ वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८७’ बोलकबोल मार्फत १० अर्ब बराबर आन्तरिक ऋण परिचालन गर्ने भएको हो ।

उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले २८ कात्तिक बुधबारभित्र बोलकबोल पेस गर्नुपर्ने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार १४:३२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।