काठमाडौं । नेपाल र आयोजक ताजिकिस्तानबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ । नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ ।
टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको छनोट गरेका थिए ।
नेपाली राष्ट्रिय फुटबल टोली
गोलकिपर: किरण चेम्जोङ (कप्तान), दीप कार्की र विशाल सुनार
डिफेन्डर: अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, अन्जल महर्जन
मिडफिल्डर : रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन राई (आशिष), भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ
फरवार्ड: जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, निराजन धामी




















प्रतिक्रिया