Logo

अर्थ

इन्ड्राइभको नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ लन्च



काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ फिचर लन्च गरेको छ  । सोमबार इन्ड्राइभले नेपालमा प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले उक्त नयाँ फिचर सुरु गरेको जानकारी दिएको छ  ।

यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधासहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउने बताइएको छ ।

आरामदायी सवारीका लागि उच्च गुणस्तरका कार, फराकिलो इन्टेरियर भएका सेडान क्लासका गाडी, प्रिमियम अनुभवका लागि उचित मूल्य र तनावमुक्त भएर यात्रा गर्न सकिने सुविधा थप भएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार १३:४९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।