काठमाडौं । बुधबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । परिसूचक नेप्से १४.१२ अंक घटेर २७३४ मा कायम भएको छ ।
अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९१ करोडको भएकाे छ ।
९९ कम्पनीको सेयर मूल्य बढ्दा १३८ को घटेकाे छ भने ७ को स्थिर रहेकाे छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र सिर्जनसिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया