Logo

खेलकुद

विश्वकपमा छनोट हुन नेपाललाई ८४ रनको चुनौती



काठमाडौं । आईसिसी यु-१९ महिला विश्व कपमा स्थान बनाउन नेपालले युनाइटेड अरब इमिरेट्स(युएई)बाट मध्यम लक्ष्य पाएको छ ।

युएईको अजमानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको मध्यम योगफल तयार गरेकाे हाे ।

युएईका लागि कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१ , रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन जोडिन् । एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको युएईले २४ रन जोड्दा ७ विकेट गुमायो ।

नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए ।

प्रकाशित मिति : कार्तिक २८, २०८१ बुधबार  ४ : ५१ बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।