काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कच्चा कफीको मूल्य तोकेको छ । आइतबार बोर्डले सूचना जारी गर्दै नयाँ मूल्यबारे जानकारी दिएको हो ।
विभिन्न ग्रेडका कच्चा कफीको मूल्य प्रतिकिलो ९५ देखि ५ सय ३५ रुपैयाँ तोकिएको बोर्डले जनाएकाे छ । २०८१/८२ का लागि प्राविधिक समितिले गरेको अध्ययन एवं सिफारिस समेतका आधारमा विभिन्न काँचो कफीको न्यूनतम सहमत मूल्य कायम गरिएको हो ।
ग्रेड एको फ्रेस चेरीको मूल्य किलोको १ सय ५ र ग्रेड बीको ९५ पुगेको छ । यस्तै ग्रेड एको पार्चमेन्ट कफी ५ सय ३५ रुपैयाँ किलो र ग्रेड बीको ४ सय ८२ रुपैयाँ नयाँ मूल्य तोकिएको छ ।




















प्रतिक्रिया