Logo

अर्थ

सयपत्री हाइड्रोले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने



काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले १ बराबर १ अर्थात हाल कायम चुक्ता पुँजीको शतप्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको छ ।

कम्पनीको मंसिर २ गते बसेकोे सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानी गर्न र दरम खोला ‘ए’ जलविद्युत आयोजनाको मर्मत सुधार गर्ने प्रयोजनको लागि खर्च गरिने कम्पनीको भनाई छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार ११:५२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।