काठमाडौं । नेशनल लघुवित्तले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएकाे छ । कम्पनीले एफपीओ प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको हाे । संस्थाको साधारणसभा आगामी मंसिर २४ गते अरनिको पार्टी प्यालेस, बनेपा-५, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ।
साथै, सभामा बोनस सेयर विरण पश्चात कायम पुँजीबाट ७ लाख ६५ हजार ३७७.६४ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर १८ गतेबाट २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १७ गतेसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र सभामा भाग लिन पाउनेछन् ।




















प्रतिक्रिया