Logo

अर्थ

नेसनल हाइड्रोपावरको २ आर्थिक वर्षको साधारणसभा एकसाथ बस्ने



काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारणसभा बस्दैछ । सभा, मंसिर २८ गते डेलिशा ओपेरा रेष्ट्रो एन्ड बैंक्वेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । तर यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभामा आर्थिक वर्ष २०७९/०८० र २०८०/८१ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्दैछ । मंसिर १८ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलवार १२:२७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।