Logo

अर्थ

एनआईएमबीका ग्राहकलाई ‘स्काइवाक टावर’ मा विषेश छुट



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काइवाक टावर’ मा विषेश छुट पाइने भएको छ ।

छुट उपलब्ध गराउने सम्बन्धी विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘वन्डर्स नेपाल प्रालि’ काठमाडौं बीच सम्झौता भएको छ ।

छुट लिनका लागि एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । सम्झौता अनुसार एनआईएमबीका ग्राहकले ‘स्काइवाक टावर’ प्रवेश शुल्कमा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

एनआईएमबीका ग्राहकले १ जनादेखि ५ जनासम्म टिकट खरिद गर्दा १५ प्रतिशत छुट र ५ जना भन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलवार १३:०३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।