काठमाडौं । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ५१.११ अंकले घटेर २७०२ को विन्दुमा कायम भएको छ ।
आज २० कम्पनीको मूल्य बढेको छ भने २२४ कम्पनीको मूल्य घटेको छ ।
आज १० अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ४६ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २९ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ९३ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया