काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १३औं वार्षिक साधारणसभा आगामी मंसिर २७ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ ।
तर, कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ । सभामा कम्पनीले अन्य कुनै लघुवित्त कम्पनीसँग एकआपसमा मर्ज हुने प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
यस्तै, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर १६ गते गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १५ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।




















प्रतिक्रिया