काठमाडाैं । गरिमा विकास बैंक कोष प्रवर्दक तथा गरिमा क्यापिटल कोष व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्डले ‘गरिमा समृद्धि योजना’ले नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक रुपमा निष्काशन गर्नलाई स्वीकृति पाएको छ ।
धितोपत्र बोर्डबाट ‘गरिमा समृद्धि योजना’ अन्तर्गत एक अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशनको स्वीकृति यहि मङ्सिर ५ गते पाएको गरिमा क्यापिटलले जनाएको छ ।
गरिमा क्यापिटलकाअनुसार ‘गरिमा समृद्धि योजना’ एक अर्ब रुपैयाँ बराबरको बन्द मुखी योजना हो । यसको अवधि १० वर्षको रहनेछ । क्यापिटलले प्रति इकाई दश रुपैयाँक दरले १० करोड इकाई विक्रिमा ल्याउनेछ ।
यसको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।
गरिमा क्यापिटलले सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा डिम्याट तथा मेरोसेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ ।




















प्रतिक्रिया