Logo

अर्थ

ग्लोबल आइएमई बैंकको सेयर मूल्य समायोजन



काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयर मूल्य समायोजन भएको हो ।

समायोजनपश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २४१.७१ रुपैयाँ कायम भएको छ ।

समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता २५५ रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि समायोजित मूल्यअनुसार बैंकको सेयर कारोबारमा आउनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार १२:३७   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।