काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० को विन्दुमा बन्द भएको छ।
आज ३२२ कम्पनीको सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोडको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । आज ५५ कम्पनीको सेयरमूल्य बढेको छ भने १८१ कम्पनीको मूल्य घटेको छ । याे दिन ८ वटा कम्पनिकाे सेयर मूल्य स्थिर रहेकाे छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३६ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका हुन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ९.५८ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सेञ्चुरी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७.७५ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया