Logo

प्रमुख समाचार

एमालेले बुझ्न मानेन १ लाख जरिवाना तोकिएको महानगरको पत्र



काठमाडाैं‌ । जागरणसभाका नाममा दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडाैं‌ महानगरपालिकाले तोकेको एक लाख रुपैयाँको जरिवानापत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ ।

आइतबार दिउँसाे जरिवानापत्र बुझाउन च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा महानगरको टिम पुगेको थियो ।

तर आफूहरू आयोजक नरहेको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेको हो । गत शुक्रबार दरबारमार्गमा जागरणसभाका क्रममा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रुपैयाँको जरिवाना तोकेको थियो ।

तर उक्त जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि महानगरको टोली च्यासलबाट फर्केको छ । एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरणसभा आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार ०६:००   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।