काठमाडाैं । आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रा.लि.लाई यो पटकको उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ ।
कार्यलयले १३औं राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथी मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाणपत्र प्रदान गर्दै उक्त सम्मान प्रदान गरेका थिए ।
नेपाल राष्ट्र बैंकको इजाजतपत्र अनुसार वि.सं.२०६८ सालमा स्थापना भएको एमएडब्लू हायर पर्चेजले आफ्ना ग्राहकहरूलाई सजिलो र झन्झटमुक्त हायर पर्चेज समाधानहरू उपलब्ध गराउँदै आएको छ ।
एमएडब्लू इन्टरप्राइजेजको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पानीले एक अग्रणी हायर पर्चेज फाइनान्सिंग कम्पनीका रूपमा मुख्यतया साना र मझौला कम्पनीका उद्यमीहरूलाई व्यावसायिक सवारी साधन र भारी उपकरणहरूको फाइनान्सिंग सेवा प्रदान गरेर उनीहरूका वित्तीय लक्यहरू प्राप्त गर्न मद्दत गर्दै आएको छ ।




















प्रतिक्रिया