काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा वीआरआईलाई लक्षित गर्दै ऋणसँग सम्बन्धित कुनै योजनामा सम्झौता नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारमा आसन्न चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग गरेको परामर्शमा प्रधानमन्त्री ओलीले यस्तो बताएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै खनालले भने, ‘उहाँले यसपटकको भ्रमणमा म ऋण सम्झौता गर्दिन भन्नेजस्तो कुरा गर्नुभयो ।’ खनालले चीनसँग अहिले ऋण सम्झौता नगरेपनि चीनसँग कहिल्यै ऋण नै लिनुहुँदैन भन्ने नीति बनाउन लागेको हो भने आपत्तिजनक हुने आफूहरुले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।
उनले वीआरआईबाट लोन लिनै हुँदैन भन्ने कुरा पूर्वाग्राही भएको टिप्पणी गरे । उनले विश्वका दुईतिहाइ देशलाई लाभदायिक भएको वीआरआई नेपाललाई मात्रै अहित नहुने तर्क गरे ।
बीआरआई परियोजनाको विषयमा सत्तारुढ दलहरूबीच मतऐक्यता हुन सकिरहेको छैन । यही विषयले गठबन्धनमा कुनै समस्या नआओस् भनेर दुवै दलको तर्फबाट गठित उच्चस्तरीय संयन्त्रले काम गरिरहेको छ ।




















प्रतिक्रिया