Logo

समाचार

स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ : मन्त्री पौडेल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वास्थ्य सेवा प्रणालीलाई विश्वासिलो बनाउनुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री पौडेलले स्वास्थ्य प्रणालीलाई जिम्मेवार र जबाफदेही बनाउँदै लैजान आवश्यक रहेको बताए । उनले स्वास्थ्य प्रणालीलाई थप वैज्ञानिक बनाउनुपर्ने पनि बताए । उनले स्वास्थ्य अनुसन्धानमा गर्ने कामले लाखौँ मानिसहरू प्रभावित हुने भन्दै अनुसन्धान गर्दा नैतिक अभ्यासको महत्त्व बुझ्न जरुरी रहेको उल्लेख गरे । उनले स्वास्थ्य अनुसन्धान अभ्यासहरू सुधार गर्ने यात्रा जारी रहेको बताए ।

मन्त्री पौडेलले नेपालमा स्वास्थ्य अनुसन्धानको भविष्य आजको कामले निर्धारण गर्ने बताए ।

प्रकाशित मिति : मंसिर १०, २०८१ सोमबार  ४ : ०५ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।