काठमाडौं । साेमबार प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ । साेमबार प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेको छ । साेमबारा प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया