काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारणसभा प्रयोजनका लागि यस बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।
स्टान्डर्ड चार्टर्डले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (कर सहित) गरी कुल २५.५० प्रतिशत वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले मंसिर २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे सुरु हुनेछ ।




















प्रतिक्रिया